राजश्व छली गरेको आराेपमा अग्रवाल बाबुछोरा पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Sunday 3 January 2021

राजश्व छली गरेको आराेपमा अग्रवाल बाबुछोरा पक्राउ


धरान, १९ पुस  :
राजश्व छली गरेको आराेपमा सुनसरीकाे धरान–१२ महेन्द्रपथका हार्डवेयर व्यवसायी बाबुछोरालाई  नियन्त्रणमा लिएर पसल र गोदाम सिल गरिएको छ ।  सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयले राम निवास भवनभित्रको ग्लोबल इम्पेक्सका सञ्चालक किसन अग्रवाल र एसएन इन्टरनेशनल प्रालिका सञ्चालक अग्रिम खेतान अग्रवालले कारोबारकाे कागजपत्र देखाउन नसकेकाले कर छली गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।

राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काका अनुसार अग्रवाल बाबुछोरालाई  नियन्त्रण  लिएर काठमाडाैँ पठाइएकाे छ । उहाँले भन्नुभयाे,‘हामीलाई काठमाडौंस्थित हरिहर भवनमा रहेको राजश्व अनुसन्धान विभागबाटै अग्रवाल बाबुछोराले राजश्व छली गरेको जानकारी प्राप्त भएकाले नियन्त्रणमा लिएर उतै पठाएका हौं ।’

खड्काका अनुसार ग्लोबल इम्पेक्स र एसएन इन्टनेसनलले खरिद बिक्री गर्दा राजश्व छली गरेको सूचना पाएपछि छापा मारेको र आवश्यक कागजपत्र माग्दा नदिएपछि पसल र गोदाम सिल गरिएको हो । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.