ब्रान्डेड घडीका शौखिन बाइडेन : सपथ ग्रहणमा लगाएको घडीको मुल्य आठ लाख - pharaksandesh.com

मुख्य समाचार


Monday, 25 January 2021

ब्रान्डेड घडीका शौखिन बाइडेन : सपथ ग्रहणमा लगाएको घडीको मुल्य आठ लाख


काठमाडाैँ, १२ माघ  :
अमेरिकाका ४६औँ राष्ट्रपति जो बाइडेनलाई अति नै सामान्य जीवनसैली भएका राष्ट्रपतिका रुपमा चित्रित गरिएको छ । तर आममानिसले बनाएको धारणजस्तै उनको जीवनसैली र लवाइखवाई भने सामान्य छैन ।

२० जनवरीमा क्यापिटल हिलस्थित सपथ ग्रहण कार्यक्रममा उनले लगाएको घडीले अहिले विश्वकै ध्यान तानेको छ । सपथ ग्रहणको प्रत्यक्ष प्रशारण गरिरहेका मिडियाले उनले बायाँ हातमा लगाएको एउटा घडीलाई पटकपटक फोकस गरिरहेका थिए । यो घडी सामान्य थिएन । यो घडीको नाम ‘रोलेक्स डेटजस्ट’ हो । यो घडीमा के छ र मिडियाहरूले यति धेरै फोकस गरे ?

यो घडीको मुल्य सात हजार अमेरिकन डलर पर्छ । नेपाली रुपैयाँ अनुसार यसको मुल्य सात लाख ९८ हजार पर्छ । यो घडी रोलेक्स स्टेनलेसले बनेको छ । जसको डायल पुरै निलो छ । न्युयोर्क टाइम्सका अनुसार पछिल्लो केही दशकदेखि अमेरिकामा जो–जो राष्ट्रपति भए उनीहरू सवैले यस्तै निकै महंगा घडी लगाउने गरेका छन् । 

अमेरिकाका ३४औं राष्ट्रपति ड्वीन डी आइजेनहावर र ३६औं राष्ट्रपति लिन्डन बी जोनसनले ह्वाइट हाउसको ओभल अफिसमा सुनको रोलेक्स घडी लगाएको चित्र राख्न लगाएका थिए । न्युयोर्क टाइम्सको भनाइ मान्ने हो भने ‘सुनको रोलेक्स घडी’ मुलतः राष्ट्रपति कै लागि बनाइएको थियो । राष्ट्रपति मात्र होइन विश्वका शक्तिशाली नेताहरूले पनि यस्तै महंगा घडी लगाउने गरेका उदाहरण छन् । राजनीतिक विश्लेषकहरूका अनुसार पनि रोलेक्स डेटजस्ट र गोल्ड रोलेक्स सर्वसाधरणको पहुच भन्दा निकै बाहिर हुन्छ । यस्तै बाइडेन पनि बाहिर सामान्य जस्तो देखिए पनि वास्तवमा त्यस्ता नभएको उनीरूको भनाइ छ । 

क्लिन्टन र बुसका सस्तो ब्रान्ड
अमेरिकाका पूर्व राष्ट्रपति ड्वीन डी, लिन्डन बी जोनसन, बाइडेन तथा ट्रम्पका महंगा घडीको चर्चा गरिरहँदा पूर्व राष्ट्रपति विल क्लिन्टन र जर्ज डब्लू बुस सस्तो घडी लगाउन मन पराउँथे । यी दुवैले सपथ ग्रहणमा लगाएका घडी ब्रान्डेड भए पनि निकै सस्ता थियो । विल क्लिन्टनले ‘आस्ट्रोक्रयाटिक’ जलपको घडी लगाएका थिए । सन् १९९३ मा वासिङ्टन पोस्टले तत्कालिन राष्ट्रपति क्लिन्टनले ‘टाइमेक्स आइरोनम्यान’ कम्पनीको घडी लगाएको जनाएको थियो । यो प्लास्टिक डिजिटल घडी हो । ‘क्लिन्टनले लगाएको टाइमेक्स आइरोन प्लास्टिक डिजिटलले बनेको थियो, यो निकै पातलो थियो,’ वासिङ्टन पोस्ट लेख्छ, ‘निकै सामान्य भए पनि यो अति नै सुन्दर थियो ।’

क्लिन्टनपछि राष्ट्रपति बनेका जर्ज डब्ल्यु बुसले ‘टाइक्मेक्स इन्डिग्लो’ घडी लगाएका थिए । त्यसबेला यो घडीको मार्केट डाउन थियो । त्यही समयमै बुसले टाइमेक्स घडी लगाएर मार्केट उकास्ने प्रयास गरे । 

एउटा रोचक र विश्वास नलाग्ने पक्ष के छ भने पूर्वराष्ट्रपति बुसले सपथ ग्रहणको बेला लगाएको घडीको मुल्य तत्काल केवल ५० डलर मात्र थियो । अझ अमेरिकी बजारमा यो घडी ५० डलरभन्दा मुनिमा पनि पाइन्थ्यो । 

लगातार दुईपटक राष्ट्रपति बनेका बाराक ओबामा ह्वाइट हाउसको विरासत पछ्याउने व्यक्तित्वमा पर्दैनन् । राष्ट्रपति हुँदा उनले लगाएको घडीको नाम ‘सिनोआ’ हो । यो घडी अमेरिकाको क्यालिफोर्नियास्थित डेट्रोइट कम्पनीले बनाएको थियो । त्यो बेला यो घडीको बजार मुल्य केवल पाँच सय डलर मात्र थियो । 

महंगा घडीका सौखिन ट्रम्प
निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प । हुन त ट्रम्प अमेरिकाकै सफल व्यापारी पनि हुन् । उनको व्यापार विश्वको विभिन्न राष्ट्रमा फैलिएको छ । अर्बौ डलरका मालिक ट्रम्प मंहगा घडीका निकै शौखिन थिए । ट्रम्पले पेटेक फिलिपे, रोलेक्स तथा भाचेरोन कन्स्टाटिन कम्पनीका घडी लगाउँछन् । यी सवै विश्वका महंगा ब्रान्डेड घडी हुन् । अहिले एक किसिमले अमेरिकाका ४६औँ राष्ट्रपति बाइडेनले ट्रम्पकै पथ पछ्याएको विश्लेषकको आरोप छ । 

महंगा घडी लगाउने पक्षमा बाइडेनले सवैलाई पछि पारेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । बाइडेन महंगो घडीका शौखिन भएको न्युयोर्क टाइम्सले जनाएको छ । उनका सवैजसो घडी स्वीस कम्पनीका छन् । ती सवै घडी स्टेनलेस स्टिलबाट बनेका छन् । रोलेक्स र ओमेगाका स्पिडमास्टर, सिमास्टर, मुनवाच, प्रोफेसनल जस्तो भेराइटिज राष्ट्रपति बाइडेनसँग छन् । यी सवै घडीका मुल्य पाँच हजारदेखि सात हजार डलरसम्म पर्छ । बाइडेनले लगाउने यी घडीहरूका विभिन्न विशेषता छन् । रोलेक्स डेटजस्ट हेर्दा क्लासिक देखिन्छ तर यो एन्टी लेवल मोडलको हो । यस्तै उनले लगाउने सिमास्टर स्कुवा घडी डेनियल क्रेजले जेम्स ब्रान्ड सिरिजमा पनि प्रयोग गरेका थिए । मुन वाच ब्रान्ड जुन अपोलो ११ चन्द्रमामा पुग्दा एस्ट्रोनोट्सले लगाएका थिए । 

यी उदाहरणबाट के स्पष्ट हुन्छ भने संसारका सामु बाइडेनले एकदमै सामान्य व्यक्तिको छवि देखाएका छन् । तर उनी स्वीस तथा विश्वका महंगा कम्पनीका घडीका शौखिन व्यक्ति हुन् । बाइडेन एक किसिमको ‘क्लास’मा रहेको विश्लेषकहरूको भनाइ छ । ७८ बर्षीय बाइडेन हाइस्कुलका फुटबल स्टार नै थिए । यी वृद्ध राष्ट्रपति अहिले पनि आफूलाई जवान तथा फिट देखाउन लुगादेखि घडीसम्म मेनटेन गर्छन् । आफूलाई ह्यान्डसम देखाउन आकर्षक सनग्लास लगाउँछन् । 
–द न्युयोर्क टाइम्सबाट

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.