सरकारद्वारा केटु हिमालको आरोहीहरूलाई सम्मान (फोटो फिचर) - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 26 January 2021

सरकारद्वारा केटु हिमालको आरोहीहरूलाई सम्मान (फोटो फिचर)


काठमाडौँ, १३ माघ :
विश्वको दोस्रो ठुलो शिखर माउन्ट केटुको कीर्तिमानी सफल आरोहण गरेर नेपाल फर्किएका आरोहीहरूलाई सरकारले सम्मान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहीहरूलाई दोसल्ला र प्रमाण पत्रद्वारा सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले हिउँदे सिजनमा माउन्ट केटुको सफल आरोहण गरेर विश्व सामु नेपालको चिनारी र पहिचानलाई थप उँचो बनाउने काम प्रशंसा योग्य भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हिमाल आरोहण जो सुकैले गर्न नसक्ने भएकाले हिमाल आरोहण गर्नेहरूका लागि विशेष मानपदवी र विभूषण को व्यवस्था गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा जाँदा सरकारलाई जानकारी गराए सक्दो सहयोग गर्ने बताउनु हुँदै हिमाल आरोहण सावधानीपूर्वक गर्न पनि आह्वान गर्नुभयो ।

कार्यक्रममा केटु हिमाल आरोहीको नेतृत्व गर्नुभएका निर्मल पूर्जाले देशको चिनारीका लागि आफूहरूले हिमाल चढ्ने गरेको भए पनि कहीँ कतैबाट सहयोग नपाएको गुनासो व्यक्त गर्नुभयो ।





No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.