एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 January 2021

एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’


काठमाडाैँ, ६ माघ :
एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सफर्मेसन योजनाअनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । यो च्याट सेवाको डिजिटल प्लेटफर्ममार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुका बारेमा सजिलै जानकारी लिन सक्ने छन । 

च्याटबोट सेवा ‘माया’ एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलले जनाएकाे छ।

यो सेवा एनसेलको आधिकारिक फेसबुक म्यासेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध हुने छ । जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोटमार्फत एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासोहरु राख्न सक्ने एनसेलले जनाएकाे छ। 

च्याटबोट सेवा ‘माया’ माघ ४ गतेदेखि एनसेलका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा उपलब्ध भएका छन् । यस प्लेटफर्ममार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टरकार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिन सक्ने भएका छन् । 



याे सेवाले ग्राहक सेवालाई थप परिस्कृत गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.