काठमाडाैँ, १८ पुस : नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले केही नेताहरूमा कहिल्यै तृप्त नहुने महत्त्वाकांक्षा रहेको बताएका छन् ।
उनले उनीहरुले तृप्त हुनका लागि बाह्य शक्ति निम्त्याएको समेत आरोप लगाए । मन्त्री ज्ञवाली प्रचण्ड नेपाल समूहप्रति लक्षित थिए ।
जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाका लागि पाल्पा आएका वेला नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको संसद् विघटनको निर्णय संवैधानिक र लोकतान्त्रिक भएको समेत बताए।
‘प्रतिनिधिसभा विघटन भएपछि सडकमा गएको खेमाले बाह्य शक्ति निम्त्याएको छ’,मन्त्री ज्ञवालीले भने, ‘बाह्य शक्ति निम्त्याउने खेलको पर्दा खुल्दै गएको छ ।’ घरभित्र समस्या आउन सक्छ त्यसको विकल्प सडक नभएर छलफल भएको बताउँदै मन्त्री ज्ञवालीले बाह्य शक्तितर्फ केन्द्रित हुन जरुरी नभएको तर्क गरे ।
जनताको लामो योगदानबाट प्राप्त वर्तमान उपलब्धिलाई उल्टाउने प्रयास सफल नहुने जिकिर गर्दै मन्त्री ज्ञवालीले नेपालमा स्थापित संघीय लोकतान्त्रिक व्यवस्थालाई विश्वका सबै मुलुकको साथ रहेकाले परिवर्तनलाई उल्टाउने कसैको प्रयास सफल नहुने धारणा राखे ।
No comments:
Post a Comment