क्रिकेटर सन्दिप देल्ली क्यापिटल्स टिमबाट बाहिरिए - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 January 2021

क्रिकेटर सन्दिप देल्ली क्यापिटल्स टिमबाट बाहिरिए


काठमाडौं, ८ माघ :
आगामी संस्करणको इन्डियन प्रिमियर लिग आइपीएलको लागि नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई देल्ली क्यापिटल्सले फुकुवा गरेको छ ।

सन्दिपसँगै देल्लीले ६ खेलाडीलाई फुकुवा गर्ने निर्णय गरेको हो । देल्लीले यस संस्करणको आपीएलमा लेख स्पीनर सन्दिप लामिछानेलाई कुनैपनि खेलमा मौका नदिइ बेन्चमै राखेको थियो । सन्दिप सन् २०१८ को अक्सनमा ३२ लाख नेपाली रुपैयाँमा देल्ली अनुबन्ध गरेको थियो ।

२०१८ मै सन्दिपले तीन खेलमा मौका पाउँदा पाँच विकेट लिएका थिए । सन् २०१९ को आइपीएलमा सन्दिपले ६ खेलमा मौका पाउँदा ८ विकेट लिएका थिए ।

यो सँगै अब सन्दिपलाई आगामी संस्करणका लागि अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । हाल सन्दिप अष्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेट अन्तर्गत होवार्ट हेरिकेन्सबाट खेलिरहेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.