दाङ, १७ पुस : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले अहिले पनि पार्टी एकता जोगाउन सकिने बताउनुभएको छ । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र दैनिकको १४ औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।
पार्टीभित्र देखिएका वर्तमान क्रियाकलाप कार्यकर्ताका लागि ठिक नरहेको भन्दै पार्टी नेतृत्वलाई विवेक नगुमाएर पार्टी एकताको मर्मलाई टुङ्गोमा पुर्याउन आग्रह गर्नुभयो । एकताको मर्मलाई नेतृत्वले बुझ्न नसकेको समेत उहाँले बताउनुभयो ।
नेकपाका स्थायी कमिटी सदस्य समेत रहनुभएका नेता पोखरेलले प्रथम अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता जोगाउन आपसमा विश्वास दिलाउन नसक्नुको परिणाम अहिलेको क्रियाकलाप रहेको बताउनुभयो । विश्वासको वातावरण गराउनका लागि अझै समय रहेको बताउनुभयो ।
निषेधको राजनीतिले राजनीतिक संक्रमण ल्याएको भन्दै आगामी चुनावमा प्रचण्ड–माधव समूहसँग मिलेर जान सकिने बताउनुभयो । त्यसका लागि सबै सच्चिनुपर्ने बताउनुभयो । पार्टीमा दुई समूह भएपछि मुख्यमन्त्री पोखरेल पहिलो पटक दाङ आउनुभएको हो ।
No comments:
Post a Comment