भक्तपुर, १५ माघ : मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली-कोटेश्वर जाने सडकखण्डमा गाडीको ठक्करबाट एक पुरुषको ज्यान गएको छ ।
शवको प्रारम्भिक अनुसन्धानमा गाडीको ठक्करबाट अन्दाजी ५० वर्षीय पुरुषकाे ज्यान गएको निष्कर्ष निकाल्दै प्रहरीले ठक्कर दिने गाडीको खोजी गरिरहेको छ ।
मृतकको सनाखतका लागि आफन्तको पहिचानको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
उहाँले मृतक पुरुषको साथमा परिचय खुल्ने कुनै पनि कागज नभेटिएकाले पहिचान हुन नसकेको जानकारी दिनुभयो ।
कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका उनको पैदल हिँड्ने क्रममा आज बिहान गाडीले ठक्कर दिँदा ज्यान गएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।
आज बिहान सडकमा लडिरहेको देखेर प्रहरीले उपचारका लागि मध्यपुर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको गिरीले बताउनु भयो ।
No comments:
Post a Comment