महिनावारी हुँदा गर्नुहुँदैन यस्ता गल्ती - pharaksandesh.com

मुख्य समाचार


Thursday, 21 January 2021

महिनावारी हुँदा गर्नुहुँदैन यस्ता गल्ती


काठमाडाैँ, ८ माघ :
प्रत्यक महिना महिला महिनावारी हुने गर्छन्। महिनावारी पाँचदेखि सात दिनसम्म हुन्छ। यो बेला महिलाले थुप्रै समस्याको समाधान गर्नुपर्ने हुनसक्छ।

महिनावारी हुँदा महिलामा पेट दुख्ने समस्या हुन्छ। कतिपय महिलामा बेचैनी तथा छटपटी पनि हुनेगर्छ। यो अवस्थामा महिलाई धेरै कुरा रुच्दैन। कामकाज गर्न पनि जाँगर नचल्ने हुनसक्छ।

यस्तो अवस्थामा महिलाहरूले आफ्नो खानपान तथा रहनसहनमा ध्यान दिनुपर्ने हुन्छ। महिला महिनावारी हुँदा प्याडको प्रयोग गर्छन्। तर, जब कम ब्लिडिङ हुनथाल्छ उनीहरू एउटै प्याडलाई लामो समयसम्म प्रयोग गर्छन्। कहिले पनि एउटै प्याड लामो समयसम्म प्रयोग गर्नु हुँदैन। किनकी यस्तो गर्दा विभिन्न संक्रमण हुने जोखिम बढ्छ।

कतिपय अवस्थामा त महिलाले प्याड फेर्न अल्छि गर्नेगर्छन्। तर, यस्तो गर्नु संक्रमक रोगलाई निम्तो दिएजस्तो हुन सक्छ। एक निश्चित समयको अन्तरालमा प्याड फेरी राख्नुपर्छ। किनकी यसले संक्रमणबाट जोगिन मद्दत गर्छ।

थुप्रै यस्ता महिला हुन्छन् जसले आफूलाई फिट राख्नका लागि तौल घटाइरहेका हुन्छन्। र, यसका लागि उनीहरूले डाइटिङ गरिरहेका हुन्छन्। त्यस्ता महिलाले महिनावारी हुँदा पनि आफ्नो खानपानमा ध्यान दिइरहेका हुँदैनन्। जसले गर्दा यसको सिधा असर उनीहरूको स्वास्थ्यमा परिरहेको हुन्छ।

तपाई डाइटिङमा हुनुहुन्छ भने ठिक छ। तर, महिनावारी हुँदा आफ्नो खानपानमा ध्यान दिनुपर्ने हुन्छ। खानामा पौष्टिक आहारको प्रयोग गर्दा यसले स्वस्थ रहन मद्दत गर्छ।

थुप्रै महिलाले महिनावारी हुँदा हार्ड साबुनले आफ्नो योनाङ्ग सफा गरिरहेका हुन्छन्। तर, कहिले पनि यस्तो गर्नुहुँदैन। किनकी यस्तो गर्दा अनुहारमा सुख्खापन बढ्नसक्छ।

यदी तपाई यसका अलावा के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने हार्ड साबुको साटो योनाङ्‌गलाई सफा गर्नका लागि अल्कोहल युक्ट टिशु पेपरलाई प्रयोग गर्न सक्छौं।

यदी कोहि महिला नियमित कडा कसरत गर्छन् भने उनीहरूले महिनावारी हुँदा कसरतलाई बन्द गर्नुपर्छ। यदी महिनावारी हुँदा कडा व्यायम गर्यो भने कम्मरमा पीडा हुने समस्या हुन सक्छ।

महिनावारी हुँदा निकै टाइट कपडा पनि लगाउँनु हुँदैन। यस्तो अवस्थामा महिलाहरूलाई गुलिया र जंक फूड खाने मन लाग्छ। तर, यस्ता खानेकुराबाट बच्नुपर्छ। जसले स्वस्थ्यलाई फाइँदा पुर्याउँदैनन् ति खानेकुरा खानु हुँदैन।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.