कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा नेपाली युवकमाथि गोली प्रहार - pharaksandesh.com

मुख्य समाचार


Tuesday 5 January 2021

कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा नेपाली युवकमाथि गोली प्रहार


कञ्चनपुर, २१ पुस :
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । सोमबार बेलुका करिब साढे ६ बजेतिर गोली चल्दा दोधार चाँदनी नगरपालिका-१ का स्थानीय नरेश सुनार घाइते हुनु भएकाे हाे । 

उहाँको खुट्टामा गोलीको छर्रा लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो । उहाँले घाइतेको अवस्था सामान्य रहेको र सुनारलाई उपचारका लागि महाकाली अस्पतालमा ल्याइएकाे जानकारी दिनुभयो । 

घ​टना साँझको समयमा भए पनि घाइतेले राति ९ बजे खबर गरेपछि मात्रै त्यसबारे जानकारी पाएको उहाँको भनाइ छ । उहाँकाअनुसार गोली भारतीय भूमिमा चलेको देखिएको छ । तर भारतीय सीमा सुरक्षा बल (एसएबी) ले भने गोली चलेको घटनाप्रति अनविज्ञता जनाएको उहाँले बताउनुभयो । 

घटनाको अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.