जुम्लाकाे गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट, दुई दर्जन चौपाया मरे - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 27 January 2021

जुम्लाकाे गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट, दुई दर्जन चौपाया मरे


जुम्ला,१४ माघ :
जुम्लाको तिला गाउँपालिका-७ गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् । 

हिजो मंगलबार राति ७ बजाेबाट सुरु भएकाे आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।

आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा रहेको र त्यहाँ प्रहरी पुग्नसम्म २५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भरतसिंह राठोरले जारी गर्नुभएको सूचनामा उल्लेख छ । 

स्थानीय परबहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाइपबाट छतमा भएको घासमा आगो सल्केपछि आगलागी भएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.