पार्टी भित्रैबाट काम गर्न नदिइएपछि निर्वाचनः प्रधानमन्त्री - pharaksandesh.com

मुख्य समाचार


Sunday, 17 January 2021

पार्टी भित्रैबाट काम गर्न नदिइएपछि निर्वाचनः प्रधानमन्त्री


काठमाडौं, ४ माघ :
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पार्टी भित्रैबाट काम गर्न नदिइएपछि ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नरहेको स्पष्ट पार्नुभएको छ ।

अखिल नेपाल महिला संघको बैठकलाई आइतबार राजधानीमा सम्बोधन गर्नुहुँदै नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले झण्डै दुईतिहाई बहुमतको सरकारले ताजा जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेको बताउनुभयो । उहाँले पार्टीको नीति र नेतृत्वविरुद्ध पार्टी भित्रैका केही नेताहरु निरन्तर लागेर सरकारलाई असहयोग मात्र गरेको उल्लेख गर्नुभयो । सरकारले थुप्रै महत्वपूर्ण र दूरगामी महत्वका कामहरु गरे पनि सरकारको काम केहीलाई पाच्य नभएको र त्यसको ‘जस’ अरुलाई जान्छ भन्ने सोचेर आफूमाथि निरन्तर षड्यन्त्र गरिएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेकपाभित्र पार्टी शुद्धीकरण आवश्यक भइसकेको स्थितिमा केही आफैँ पार्टी छोडेर हिँडेको उल्लेख गर्नुभयो । उहाँले प्रतिनिधिसभाको नयाँ निर्वाचनका लागि मन्त्रिपरिषदले सर्वसम्मत रुपमा निर्णय गरेको भन्दै अब निर्वाचनमा लाग्न सबैसँग आग्रह पनि गर्नुभयो

सोही कार्यक्रममा नेकपाका प्रवक्ता समेत रहनुभएका परराष्ट्मन्त्री प्रदीप ज्ञवालीले सक्रियताका साथ निर्वाचनको तयारीमा लाग्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.