काठमाडाैँ, २८ पुस : प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छिन् ।
कलाकारहरुले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएको छ ।
जिल्ला अदालत काठमाडाैँ पक्राउ अनुमति पाएपछि रेग्मीलाई पक्राउ गरिएकाे प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताउनुभयो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment