भारतको कर्नाटकमा खानी नजिकै ट्रक बिस्फोटः थुप्रैजना मारिएको आशंका - pharaksandesh.com

मुख्य समाचार


Friday, 22 January 2021

भारतको कर्नाटकमा खानी नजिकै ट्रक बिस्फोटः थुप्रैजना मारिएको आशंका


काठमाडाैँ, ९ माघ  :
भारतको कर्नाटक शिवमोगा जिल्लामा एक खानी नजिकै ट्रकमा बिस्फोट भएको छ जसमा थुप्रैजना मारिएको आशंका छ । 

एक प्रहरी अधिकारी इमरान कुरैशीले बीबीसीसँगको कुराकानीमा उक्त ट्रकमा भारी मात्रामा जिलेटिनको डन्डी राखिएको जानकारी दिए ।

उनी भन्छन्, ‘हामी सबै घटनास्थलमा यो पत्ता लगाउन असमर्थ छौं कि कतिजनाको मृत्यु भएको छ किनभने त्यहाँ असाध्यै अँध्यारो छ र बिस्फोटको दुर्गन्धका कारण पनि त्यहाँ पुग्न मुश्किल छ ।’

उनका अनुसार ट्रकमा भारी मात्रामा जिलेटिनको डण्डीका साथै मजदुर पनि सवार थिए । 

समाचार एजेन्सी पिटिआईका अनुसार दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । 

कर्नाटकको शिवमोगा जिल्लाको डिस्ट्रिक्ट डेप्युटी कमिश्नर केबी शिवकुमारले भने, ‘हामीले पूरा इलाकामा घेराबन्दी गरिदिएका छौं । हामी चाहन्नौं कि त्यहाँ अरु मानिसहरु पनि जाउन् किनभने अँध्यारो भएका कारण हामी दोस्रो दुर्घटना होस् भन्ने चाहन्नौं । त्यहाँ बिस्फोटक छ कि छैन भनेर हामीलाई थाहा पनि छैन । ’

उक्त बिस्फोट बिहिबार राती स्थानीय समयानुसार करिब साढे १० बजेतिर भएको हो । बिस्फोटको आवाज र त्यसको झट्का छिमेको चिकमंगलुरु जिल्लासम्म महसुस गरियो । 

सुरुवातमा यो रहस्यमयी आवाजलाई धेरैले भूकम्प ठान । धेरे मानिसहरु आ–आफ्नो घरबाट बाहिर पनि निस्किए । कतिको घरको झ्यालको सिसा पनि फुटेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.