प्रचण्डका राजनीतिक गुरु कुँवरको निधन - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 26 January 2021

प्रचण्डका राजनीतिक गुरु कुँवरको निधन


चितवन, १३ माघ :
नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर, कर्मठ योद्धा मार्गदर्शक (काजी बा) खम्बसिंह कुवँर मंगलबार बिहान उपचारको क्रममा मुत्यु भएको छ ।

९५ वर्षीय काजी बा विगत लामो समयदेखि प्रेसर, सुगरसहितको विभिन्न दीर्घ रोगबाट पीडित हुनुहुन्थ्यो । काजी बाको भरतपुर अस्पतालमा उपचारको क्रममा मुत्यु भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो । उहाँ पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीति गुरु समेत हुनुहुन्छ ।

निमोनिया र दुवै मृगौलाले काम नगरेपछि उपचारकै क्रममा उहाँको मुत्यु भएको हो । काजी बाको निधनसँगै नेकपा अध्यक्ष प्रचण्ड आज चितवन पार्टी कार्यालयमा आएर अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम तय भएको छ ।

पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिएसँगै उहाँको आजै देवघाटमा दाहसंस्कार समेत गरिने परिवारिक स्रोतले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.