धनकुटा, १६ माघ : आज सहिद दिवस । देशभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ। तर,धनकुटाको छिन्ताङ काण्डमा मारिएका सहिदका परिवारले भने राज्यले शहीद र शहीदका परिवारलाई वेवास्ता गरेको गुनासो गरेका छन।
२०३६ सालमा पञ्चायती शासनको विरोध गर्दै फरक विचार राखेको भन्दै तत्कालिन सरकारले खोकु, छिन्ताङ र आँखिसल्लाका १६ स्थानीयको हत्या गरेको थियो।
हत्या भएको करिब चार दशकपछि सरकारले २०७४ पुषमा राष्ट्रिय सहिद घोषणा गर्नुका साथै पिडित परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । राज्यले राष्ट्रिय रूपमा सम्मान गरेपनि त्यसवापत दिइनुपर्ने कुनै सुविधा हालसम्म उपलब्ध नगराएको शहीदपुत्र सोमविर दर्जीले बताउनु भयो ।
हालसम्म नेपालमा ठूला परिवर्तन भइसक्दा पनि राज्यले छिन्ताङ काण्डका शहीदका परिवारलाई उपेक्षा गरेको शहीद परिवारको गुनासो छ । हत्या काण्डमा मारिनेमध्ये अधिकांशले तत्कालीन शासकका विरुद्धमा भूमिगत शैलीमा संगठन विस्तार गर्दै रहेको अवस्थामा घटना भएको थियो ।
तत्कालीन सैनिक प्रहरीको ज्यादतीले आफूहरु आतंकित बनेको घटना अझै स्मरणमा रहिरहेको शहीदकी श्रीमती थाममाया राई बताउनु हुन्छ ।
४० वर्षसम्म राज्यले उपेक्षा गरेपनि पछिल्लो समय अझ हल्लामा मात्र सिमित पारेर आफूहरूलाई भ्रममा पारेको शहीद परिवारको गुनासो छ। राज्य गम्भीर नभएर शहीदको नाममा गरिएको निर्णय घोषणामा मात्र सिमित बनाइएको उनीहरुको गुनासो छ।
No comments:
Post a Comment