सात करोड रुपैयाँमा तयार भएकी यी बेहुली - pharaksandesh.com

मुख्य समाचार


Thursday, 14 January 2021

सात करोड रुपैयाँमा तयार भएकी यी बेहुली


विवाहको दिन सबै युवतीको राम्रो देखिने चाहना हुन्छ। त्यही भएर विवाहको दिन बेहुलीको निकै श्रृंगार गरिन्छ र श्रृंगारमा लाखौं रुपैयाँ खचै पनि हुन्छ। यतिबेला दुबईकी एक बेहुली निके चर्चामा छिन्। किनभने उनको मेकअप गर्न करिव सात करोड रुपैयाँ खर्च भएको छ।

अझ रमाइलो त के भने यी बेहुली मानिस नभएर एक केके हो। जसलाई अहिले दुवईको वल्र्ड ट्रेड सेन्टरमा राखिएको छ। यो केकको बेहुलीलाई बेलायतबाट ल्याएर बनाइएको हो।


बेहुलीको आकारमा देखिएको यो केक विश्वको सबैभन्दा महंगो केक हो। यसको वजन १२० किलो छ। तीन क्यारेटको हिरा लगाइएको छ। केकको गाउनका लागि त्यसमा लेसवर्क गरिएको छ। साथै पोशाक र गहनाका लागि कयौं स–सना मोती लगाएको छ।

केकको लम्बाई १८२ सेन्टिमीटर छ। यसलाई सजाउनलाई कालिकगढले दश दिनसम्म काम गरेका थिए। केक र आइसिन बाहेक यसमा ५००० फूलको प्रयोग गरिएको छ।

केकको आधार तयार पार्नका लागि १ हजार अण्डा र २० किलो चकलेटको प्रयोग गरिएको थियो। बेहुलीको रुपमा सजाइएको यो केक यतिबेला दुवईको वल्र्ड ट्रेड सेन्टरमा प्रदर्शनीमा राखिएको छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.