सम्बन्धमा दरार ल्याउने पाँच कारण - pharaksandesh.com

मुख्य समाचार


Monday 4 January 2021

सम्बन्धमा दरार ल्याउने पाँच कारण


सम्बन्धमा सजिलै बाँधिन सक्छ। तर, त्यो सम्बन्धलाई राम्रोसँग अगाडि बढाउनु निकै चुनौतीपूर्ण काम हो।

आजकल हरेक मानिसको दैनिकी निकै व्यस्त छ। त्यही व्यस्तताले आफ्नो जीवनको सहयात्रीलाई समय दिन भ्याइरहेका हुँदैनन्। जसले गर्दा धेरै सम्बन्ध चाँडै टुट्ने गर्छन्।

त्यसैले कतिपय अवस्थामा पार्टनरले अर्कै व्यक्तिसँग सम्बन्ध स्थापित गर्छ र सम्बन्धमा दरार आउँछ। सम्बन्ध टुट्दा दुवै पार्टनरको जीवनमा धेरै असर पर्छ। त्यसैले सम्बन्धमा दरार पैदा गर्ने कारणबारे जानकार हुँदै त्यस्ता अवस्था आउन नदिन तिर लाग्नु नै बुद्धिमानी हुन्छ।

नयाँ ठाउँमा जाँदा पार्टनरलाई भूल्नु
कुनै पनि व्यक्तिलाई नयाँ स्थानमा घुमफिर गर्नु निकै रमाइलो लाग्ने गर्छ। थुप्रै व्यक्ति यस्ता पनि हुन्छन् जो नयाँ ठाउँमा जाँदा परिवारका साथै माया गर्ने मान्छेलाई भूल्न पुग्छन्। यसै कारण साथीको मनमा चोट पुग्छ र सम्बन्धमा दरार आउँछ। त्यसैले यस्तो बानि कहिले पनि राख्नु हुँदैन।

व्यस्त रहने बानी
सबैलाई आफ्नो काम गर्न निकै मन पर्छ। मान्छेले आफ्नो कामलाई प्राथमिकता दिनु पनि पर्छ। तर, सधै आवश्यक्ता भन्दा बढी व्यस्त हुँदा सम्बन्ध बिग्रीन पुग्छ। त्यसैले सम्बन्धमा दरार आउने गरी वा कहिले पनि परिवारका लागि समय निकाल्नै नसक्ने गरी व्यस्त रहनु हुँदैन। ताकि जसले सम्बन्धलाई नै असर पुगोस्।

म्यासेजको रिप्लाई नदिनु
अहिलेको जमानामा मान्छे आफ्नो पार्टनको बारेमा बेला–बेला बुझ्न चाहिरहेका हुन्छन्। त्यस्को लागि उनीहरूले इन्टरनेट, म्यासेजको सहयोग लिइरहेका हुन्छन्। त्यसैले कुनै म्यासेज आउँदा त्यसलाई इगनोर गर्नु हुँदैन। कतिपय अवस्थामा मान्छेहरूले पार्टनरको म्यासेजलाई इगनोर गरिरहेका हुन्छन्। त्यो सम्बन्धमा दरार ल्याउने एक कारण बन्न सक्छ। अनलाई हुँदा पार्टनरको म्यासेज आउँदा रिप्लाई गर्नुपर्छ। बरु आफ्नो अवस्थाको बारेमा प्रस्ट भनेर एक छिन पछि लामो गफ गर्न सक्ने बताउनु पर्छ।

सम्बन्धलाई महत्व दिने
धेरै मान्छे यस्ता हुन्छन् जसले मनोमानी पूर्वक चल्न मन पराउँछन्। यस्ता मान्छे आफ्नो साथीको फैसलाको कुनै कदर गदैनन्। यदि पार्टनरसँगको सम्बन्धमा महत्व दिने होइन भने त्यसले तपाईको सम्बन्धमा दरार ल्याउने ठूलो खतरा हुन्छ।

प्रत्यक कुराको रेस्पोन्स गर्ने
सम्बन्धमा पार्टनरको कुरा सुन्नु महत्वपूर्ण हुन्छ। पार्टरका प्रत्यक कुरालाई महत्वका साथ सुन्नु पर्छ। उनको प्रत्यक कुराको सेस्पोन्स गर्नुपर्छ। जसले गर्दा सम्बन्धमा माधुर्यता कायम गर्न सहज हुन्छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.