फ्रान्समा जी ७ का अर्थमन्त्रीहरूको बैठक - pharaksandesh.com

मुख्य समाचार


Thursday, 18 July 2019

फ्रान्समा जी ७ का अर्थमन्त्रीहरूको बैठक

पेरिस, २ साउन : फ्रान्समा बुधबारदेखि जी ७ का सदस्य राष्ट्रहरूका अर्थमन्त्रीहरूको दुईदिने बैठक शुरु भएको छ । 

देशको उत्तरी शहर चान्टीलीमा सुरु भएको बैठकमा पारदर्शी अर्थतन्त्र, विद्युतीय करलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकको अध्यक्षता गर्नुभएका फ्रान्सका अर्थमन्त्री ब्रुनो ली मायरले अन्य देशका समकक्षीहरूलाई स्वागत गर्नुभएको थियो । 

बैठकमा उहाँले जर्मनी, इटाली, जापान, बेलायत, अमेरिका र क्यानाडाका समकक्षीहरूलाई निमन्त्रणा गर्नुभएको थियो । 

बैठकमा “पूँजीवादको पुनःनिर्माणका लागि” छलफल हुने नेताहरूले बताएका छन् । उनीहरूले पारदर्शी पूँजीवादको आवश्यकता रहेकोमा पनि जोड दिएका छन् ।(रासस/सिन्ह्वा)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.