आजदेखि स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन नियमित हुने - pharaksandesh.com

मुख्य समाचार


Wednesday 28 October 2020

आजदेखि स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन नियमित हुने


काठमाडाैँ, १२ कात्तिक :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि फेरि सुरु हुने भएको छ । 

मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो । दशैँ पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जनसहित हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

मन्त्रालयले दशैँ बिदाका बेलामा कोभिड-१९ का बारेमा आवश्यक सूचना सामाजिक सञ्जालबाट जानकारी गराएको थियो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन तथा सामाजिक सञ्जालबाट गरी निरन्तर दुई सय ६० दिनदेखि कोभिड-१९ का बारेमा जानकारी गराउँदै आएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.