सांसद कोमल वेलीको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक (भिडियोसहित) - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 9 July 2019

सांसद कोमल वेलीको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, २४ असार : हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाइ लक्षित गर्दै गीत बजारमा निकाल्ने क्रम बढ्दो छ । यसै क्रममा गायिका तथा राष्ट्रिय सभाका सांसद कोमल वलीले पनि नयाँ तीज बजारमा ल्याएकी छिन् । 

राजनीतिमा अगाडि बढ्दै गरेकी वलीले उनकी बहिनी प्रज्ञा शरदले साथ दिएकी छिन् । ‘छड्के तिलहरी’ बोलको गीतमा उनकै दिदी बहिनीको अभिनय देख्न सकिन्छ । भिडियोमा दुबै दिदी बहिनी बीच हुने गहिरो प्रेम प्रस्तुत गरिएको छ ।

एकनारायण भण्डारीको शब्द संगीत रहेको गीतको भिडियो पवित्रा आचार्यले निर्देशन गरेकी हुन् । भिडियोमा रामेश्वर कार्कीको छायाकंन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.