मेची भन्सारको मुद्दा फछ्र्योटबाट रु तीन करोड बढी राजश्व - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 July 2019

मेची भन्सारको मुद्दा फछ्र्योटबाट रु तीन करोड बढी राजश्व

भद्रपुर, ७ साउन  : मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट सरी आएका १७ तथा गत आव २०७५/७६ मा दर्ता भएका ५३२ गरी कूल ५४९ मुद्दामध्ये ५३० फछ्र्याेट भएका थिए ।

झापाका विभिन्न नाकाबाट अवैधरूपमा हुने चोरीका मुद्दामा निकासी भन्दा पैठारीका बढी हुने गरेको भन्सार मुद्दा शाखाका नायवसुब्बा छत्रबहादुर आलेमगरले बताउनुभयो । चोरीपैठारीमा यातायातका साधनदेखि मोटरपार्ट्स, खाद्यान्न, इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान रहेका छन् ।

अवैधरूपमा हुने चोरीपैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारीसमेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत अर्यालले बताउनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.