अस्पताल नखोल्न निर्देशन - pharaksandesh.com

मुख्य समाचार


Monday, 22 July 2019

अस्पताल नखोल्न निर्देशन

दमौली, ६ साउन : तनहुँ जिल्ला प्रशासन कार्यालयले दमौली बजारमा सञ्चालित ने–कोर्यो अस्पताल बन्द गर्न निर्देशन दिएको छ । अस्पतालमा कार्यरत चार चिकित्सकको अनुमतिपत्रको म्याद सकिएकाले प्रशासन कार्यालयले अनुमतिपत्र नवीकरण नभएसम्मका लागि उक्त अस्पताल नखोल्न निर्देशन दिएको हो ।

अस्पतालमा कार्यरत चार विदेशी चिकित्सककोे नेपाल मेडिकल काउन्सिलबाट जारी अनुमतिपत्रको म्याद सकिएकाले सेवा बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकका लागि जारी भएको अनुमतिपत्रको म्याद सकिएको डेढ महीना भइसकेको रहेछ, अनुमतिपत्र नआउँदासम्म सेवा बन्द गर्न निर्देशन दिएका हौँ ।”

विसं २०६८ देखि दमौलीमा सञ्चालनमा रहेको उक्त अस्पतालमा हाल चार चिकित्सक कार्यरत छन् । अस्पताल प्रशासनले भने मेडिकल काउन्सिलबाट ती चिकित्सकको अनुमतिपत्र नवीकरण हुने प्रक्रियामा रहेको जनाएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.