छुट्टछुट्टै दुर्घटनामा दुईको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 July 2019

छुट्टछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाही, ७ साउन : छुट्टछुट्टै दुर्घटनामा परेर सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । खाल्डोमा डुबेर लालबन्दीमा एक बालकको मृत्यु भएको छ भने ईश्वरपुर नगरपालिकामा दुर्घटनामा परेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । 

लालबन्दी नगरपालिका–२ सिटोल पुर्नवास निवासी सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवानको डुबेर मृत्यु भएको छ । मृतकको घरभन्दा ५०० मिटर दक्षिणपूर्व रहेको सूर्य इँटाभट्टाका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेको अवस्थामा गए राति ९ बजे बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाल्डोबाट बालकलाई तत्काल उद्धार गरी उपचारका लागि लालबन्दीस्थित टेक्सास अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 

यसैबीच ईश्वरपुर नगरपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । नरेशखोरबाट बयलवास बजारतर्फ आउँदै गरेको ना२३प नंको मोटरसाइकलले बाटो छेउमा बसिरहेका दुई महिलालाई सोमबार ठक्कर दिएको थियो । ठक्करबाट ईश्वरपुर नगरपालिका–५ नरेशखोरकी ४५ वर्षीया कवुतरदेवी महतोको मृत्यु भएको छ । 

मोटरसाइकल दुर्घटनामा घाइते भएकी अर्की ३८ वर्षीया शान्तिदेवी महतोको उपचार भइरहेको छ । गम्भीर घाइते दुवैलाई उपचारका लागि धनुषास्थित लालगढ अस्पताल पठाइएको थियो । घाइतेमध्ये कवुतरदेवीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.