दुर्घटनामा एक जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Monday, 8 July 2019

दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ, २३ असार : काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित सडकमा बा९६प ७१७३ नंको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

आज उक्त मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका चालक काठमाडौँ तारकेश्वर नगरपालिकाको मनमैंजु बस्ने धादिङका २१ वर्षीय भुवन आलेको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आलेको मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौँ मनमैंजु बस्ने २० वर्षीय मिलन मगरको अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.