बालाजुमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 9 July 2019

बालाजुमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं, २४ असार : काठमाडौंको बालाजुस्थित गंगा हल अगाडि गएराति मोटसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडी सवार व्यक्ति गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परि मनमैजु बस्ने धादिङ, निलकण्ठका २१ वर्षीय भुवन आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएका आले र पछाडी सवार २० वर्षीय मिलन मगरलाई उपचारको लागि स्वयम्भुस्थित मनमोहन अस्पताल पुर्‍याइएकोमा आलेको उपचारकै क्रममा मृत्यु भएको हो ।

घाइते मगरलाई थप उपचारको लागि राति नै महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकोमा आईसीयु नभएका कारण पुनः न्युरो असपताल बाँसबारी रिफर गरिएको छ ।

गएराति पौने १ बजे बा९३प ७१७३ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.