बसले ठक्कर दिँदा एकको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 10 July 2019

बसले ठक्कर दिँदा एकको मृत्यु

मेलम्ची, २५ असार : जन्ती लिन हिँडेको बसले ठक्कर दिँदा एकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ चनौटेमा बा ३ ख ११७ नंको बस पछाडि हटाउने क्रममा बसमा ठोक्किएर आज एक महिलाको ज्यान गएको हो । 

मानसिक सन्तुलन गुमाएकी अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न खुल्न सकेको छैन । बस चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.