कृषि फार्ममा बाढी - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 16 July 2019

कृषि फार्ममा बाढी

गोरखा ३१, असार : पालुङटार नगरपालिका–१ साउतेमा रहेको एकीकृत अन्नपूर्ण कृषि फार्ममा गए राति पसेको बाढीले रु ७० लाख बराबरको क्षति पु¥याएको छ । भुसुण्डी खोलाबाट आएको बाढी कृषि फार्ममा पसेपछि त्यहाँ रहेको तीन वटा माछापोखरी रहेका र बाढीले १२ हजार बयस्क माछा बगाएर लगेको सञ्चालक इमबहादुर घिमिरेले जानकारी दिनुभयो । 

फार्ममा रहेका पाँच माछापोखरीमध्ये तीन वटामा पूर्णरुपमा क्षति पुगेको उहाँले बताउनुभयो । त्यस्तै फार्ममा पालिएका हाँस, कुखुरा र बङ्गुरसमेत बाढीले बगाएको सञ्चालक घिमिरेले जानकारी दिनुभयो । “दुई वटा माछापोखरी भने पुनः सञ्चालन गर्नसक्ने अवस्थामा छन्, बाँकी तीन पोखरी थियो कि थिएन भन्ने जस्तै गरी बाढीले भत्काइदिएको छ”, उहाँले भन्नुभयो । 

गए राति आएको बाढी फार्ममा पसेर सबै बगाएर लगेको भए पनि बिहान मात्र बाढी पसेको थाहा पाएकोे सञ्चालक घिमिरेको भनाइ छ । “बिहान फार्ममा पुग्दा १० बङ्गुर, १२० लोकल कुखुरा र ७५ वटा हाँस पनि बगाएर लगेको रहेछ”, उहाँले भन्नुभयो । गत माघमा पाँच पोखरीमा कूल ४७ हजार माछाका भुरा हालेको सञ्चालक घिमिरेले जानकारी दिनुभयो । 

बजारमा बिक्रीका लागि तयारी अवस्थामा रहेका माछा बाढीले बगाएपछि फार्म सञ्चालक मर्कामा परेका छन् । फार्मभित्र रहेका बङ्गुर, कुखुरा र हाँसको खोरलाई समेत बाढीले क्षति पु¥याएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.