झापा, मोरङ र सुनसरीमा दशैं लक्षित निषेधाज्ञा - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

झापा, मोरङ र सुनसरीमा दशैं लक्षित निषेधाज्ञा


सुरुङ्गा, ३ कात्तिक :
दशैंलाई लक्षित गरी स्थानीय प्रशासनले झापा, मोरङ र सुनसरीमा निषेधाज्ञा जारी गरेका छन् ।दशैंको चहलपहल बढेसँगै कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै कारण प्रदेश १ का यी तीन वटा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय झापाले आइतबारबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ । कात्तिक २ गते आइतवारबाट कात्तिक १४ गतेसम्म साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ । 

त्यसैगरी प्रदेश १ को सबैभन्दा बढी संक्रमित देखिएको जिल्ला मोरङमा सोमवार कात्तिक ३ गतेदेखि १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ । साँझ ८ बजेदेखि बिहान ५ बजेसम्मका निषेधाज्ञा लागू हुने छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय सुनसरीले १ महिनाभन्दा लामो निषेधाज्ञा जारी गरेको छ । कात्तिक १ गतेदेखि मंसिर ६ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.