बच्चा जन्माएर खोला किनारमा फ्याकिन्छ, पुरूष हैन त्यहाँ नारीको चरित्र हत्या गरिन्छ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 9 July 2019

बच्चा जन्माएर खोला किनारमा फ्याकिन्छ, पुरूष हैन त्यहाँ नारीको चरित्र हत्या गरिन्छ

अन्जु शर्मा 
बच्चा जन्माएर खोला किनारमा फ्याकिन्छ
पुरूष हैन त्यहाँ नारीको चरित्र हत्या गरिन्छ।

नारी पुरूष  समझदारीमा  सहबास गर्छन
पुरूष पबित्र अनि नारीलाई बेश्या भनिन्छ ।

देउकी,झुमा,कुमारी र बादीको पगरी गुथाउदै
अाखिर नारीलाई मात्र खै किन भोग्या भनिन्छ ?

समाजिक दृष्टिकोण पनि बिचित्रको हुँदै गयो
असक्षम अशक्त नारीलाई यहाँ डाइना भनिन्छ ।

बच्चा बोक्ने थैलोको कारण नै होला सायद
महिलालाई मात्रै  यहाँ  अबला  भनिन्छ ।।

@अन्जु शर्मा
रातोपुल

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.