आनन्द नि कस्तो तिम्रो,तमोरसमा हराउने - pharaksandesh.com

मुख्य समाचार


Monday, 15 July 2019

आनन्द नि कस्तो तिम्रो,तमोरसमा हराउने

अन्जु शर्मा 
आनन्द नि कस्तो तिम्रो, तमोरसमा हराउने 
चुरोटको धुवाँ संग-संगै,आफैलाई उडाउने ।

निर्दोष पशु हत्या गर्न, समर्थन जनाउने 
मसलेदार मासु खाई, आफैलाई गलाउने।

आनन्दको नाममा सधैं, फास्टफूडमा रमाउने
निम्तो पत्र दिदै रोगलाई, आफैलाई सडाउने।

आनन्द त हैन त्यो, तिमीले जो रोजेको छ
अनुचित आहार-विहार, आफैलाई सिध्याउने।


बिचार तिमी बदलिदेउ, नुन-चिनी बढी खाने
सेतो चामल,मैदा संगै, नोक्सान आफैलाई गराउने ।

आजैबाट थाल तिमी, उचित आहर- विहार गर्न 
छोक्रा-बोक्रा मिलाएर, निरोगी आफैलाई बनाउने ।

आनन्दको सागर हो, उचित आहर-विहार गर्ने 
भय मुक्त ,रोग मुक्त, सुखी आफैलाई बनाउने ।

रातोपुल

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.