देशभर मनसुन सक्रिय, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना - pharaksandesh.com

मुख्य समाचार


Monday, 8 July 2019

देशभर मनसुन सक्रिय, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ, २३ असार : देशभर मनसुन सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरिरहेकाले मनसुन सक्रिय भएको हो । 

मनसुनको समयमा ठाउँ–ठाउँमा तातेको जमिनमाथिको जलवाष्पयुक्त हावाले वायुमण्डललाई जोडेर काल्पनिक रेखा बन्छ । मौसम विज्ञानको भाषामा यसैलाई न्यूनचापीय रेखा भनेर बुझ्ने गरिन्छ ।

देशभर मनसुन सक्रिय हुँदा सोमबार देशका धेरैजसो ठाउँको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सोमबार देशको केही ठाउँमा ठूलो र धेरै ठाउँमा मध्यमखालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको  छ । 

नेपालमा सामान्य समयभन्दा १० दिन ढिलोगरी ५ असारमा कमजोर अवस्थामा पूर्वी भागबाट मनसुन प्रवेश भएको थियो । तर प्रवेश भएको केही दिनमै मनसुन रोकिएपछि वर्षा हुन सकेको थिएन । गएको शनिबारदेखि मनसुन सक्रिय हुँदा देशका धेरैजसाे भूभागमा वर्षा भइरहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.