काङ्ग्रेसद्वारा बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाहीको माग - pharaksandesh.com

मुख्य समाचार


Thursday, 18 July 2019

काङ्ग्रेसद्वारा बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाहीको माग

काठमाडौँ, २ साउन : नेपाली काङ्ग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका गौतमबुद्धको मूर्तिहरु तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारवाहीको माग गरेको छ । 

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्तिमार्फत विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान् गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको उल्लेख गर्दै सो निन्दनीय एवं आपत्तिजनक कार्य गर्ने दोषीलाई करवाही गर्न माग गर्नुभएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.