४३ केजी लागुऔषध चरेससहित पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 16 July 2019

४३ केजी लागुऔषध चरेससहित पक्राउ

मुग्लिन, ३१ असार  : चितवनमा लागुऔषध चरेससहित एक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८ः२० बजे भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुनलाई प्रतिबन्धित लागुऔषध ४३ केजी चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । 

बरामद चरेससहित खातुनलाई इलाका प्रहरी कार्यालय टाँडी चितवनमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.