‘डीएसपी हुँ’ भनी ठगी गर्दै हिँड्ने व्यक्ति पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 11 July 2019

‘डीएसपी हुँ’ भनी ठगी गर्दै हिँड्ने व्यक्ति पक्राउ

काठमाडौँ, २६ असार : नेपाल प्रहरीको डीएसपी हुँ भनी ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई थानकाेट प्रहरीले बिहीबार पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा धादिङ जिल्लाकाे धुनिबेसी नगरपालिका वडा नं-२ घर भएका ३८ वर्षीय राजेन्द्र प्रसाद लुईँटेल रहेकाे प्रहरीले जनाएकाे छ । लुईँटेललाई महानगरीय प्रहरी वृत्त थानकोट बाट प्रहरी निरीक्षक भुपेन्द्र गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका-७, सितापाइलाबाट पक्राउ हाे ।

पक्राउ परेका लुईँटेल सशस्त्र प्रहरीको भगौडा रहेकाे प्रहरीले जनाएकाे छ । उनले चन्द्रागिरी नगरपालिका-३ बस्ने बिजय तामाङलाई आफू सीआईबीकाेडीएसपी भएकाे, आफ्नाे सेक्युरिटि कम्पनी रहेको र कम्पनीमा पाँच प्रतिशत शेयर हाल्न चाहिने १ लाख ६० हजार रुपैयाँमध्येकाे रकम माग्दै गरेकाे अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।

उनकाे साथबाट साथबाट रेडियो सेट थान १, त्यसकाे को चार्जर थान १ र १० हजार रुपैयाँ पनि बरामद गरिएकाे छ भने ठगी मुद्दामाअनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.