उर्लाबारीमा युवतीमाथि बलात्कार - pharaksandesh.com

मुख्य समाचार


Monday, 8 July 2019

उर्लाबारीमा युवतीमाथि बलात्कार

उर्लाबारी, २३ असार : फेसबुकमा साथी बनाएर मोरङको उर्लाबारी नगरपालिका–१ मा एक दलित युवतीमाथि बलात्कार भएको छ । 

 मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार इलामको चुलाचुली–६ घर भई उर्लाबारीमै बस्दै आएका २१ वर्षीय संगम राईले फेसबुकमा चिनजान भएकै आधारमा पिछा गर्दै गएर २१ वर्षीय दलित युवतीमाथि बलात्कार गरेका हुन् । 

खेतमा काम गरेर घर फर्कदै गरेको अवस्थामा राईले गत शुक्रबारराति ९ बजे एक्लै भएको मौका छोप्दै एकान्त ठाउँको झाडीमा लगेर बलात्कार गरेको श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार बलात्कार गरेर युवतीलाई घाइते बनाएपछि राई घटनास्थलबाट फरार बनेका थिए ।

प्रहरीले घटनास्थलबाट दुवै जनाले प्रयोग गर्ने मोबाइल, चप्पल र केही कपडाहरु बरामद गरेको छ । बलात्कारबाट पीडित भएकी युवती मानसिक रुपमा विक्षिप्त रहेको जानकारी दिंदै डीएसपी श्रेष्ठले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.