महिला मृत अवस्थामा फेला - pharaksandesh.com

मुख्य समाचार


Sunday, 21 July 2019

महिला मृत अवस्थामा फेला

भक्तपुर, ५ साउन : सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ । सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । 

पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै उहाँले शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो कि होइन थाहा हुने उहाँले बताउनुभयो । घटनाको भने प्रहरीले सूक्ष्म अध्ययन शुरु गरेको उहाँले जानकारी दिनुभयो । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.