क्यान्सरपीडित तारामायालाई झापाली समाजको सहयोग - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 July 2019

क्यान्सरपीडित तारामायालाई झापाली समाजको सहयोग

भद्रपुर, ७ असार : झापाको हल्दिबारी–३ की तारामाया गुरुङ पाठेघरको क्यान्सरले पीडित भएपछि वैदेशिक रोाजगारीबाट घर फर्कनुभएको छ । पाँच वर्षदेखि वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा रहनुभएकी गुरुङ यही असारको अन्तिम साता घर फर्किनुभएको हो । 

कम्पनीमा काम गरिरहेकै अवस्थामा क्यान्सरले पीडित भएपछि उहाँलाई नेपाली राजदूतावासको पहलमा दुबईमा एक वर्ष उपचार गरिएको झापाली समाज युएईका सदस्य रामप्रसाद ढुङ्गाना बताउनुहुन्छ । हाल घरमै रहनुभएकी गुरुङलाई झापाली समाज युएईले रु एक लाख पाँच हजार २८० सहयोग गरेको छ ।

गुरुङ कार्यरत कम्पनीले शुरुमा बिरामीको बेवास्ता गरेको र झापाली समाजको अग्रसरतामा नेपाली दूतावासमार्फत कम्पनीमा समन्वय गरेपछि करीब दुई लाख दिराम (रु ६० लाख) को उपचार सुविधा गुरुङले पाउनुभएको थियो ।

वडा नं ३ की अध्यक्ष रोश्नी शिवोकाटीले गुरुङको समस्याबारे थाहा नभएको बताउनुभयो । उहाँका अनुसार हल्दीबारी गाउँपालिकाले ‘जनता उपचार कोष’ नै स्थापना गरेर क्यान्सर, मिर्गाैला, मुटुलगायतका रोगीलाई उपचारमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले गुरुङको अवस्थाबारे बुझेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.