ढुवानी सेवामा भ्याट - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 16 July 2019

ढुवानी सेवामा भ्याट

काठमाडौँ, ३१ असार : आर्थिक विधेयक, २०७६ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को व्यवस्थानुसार ढुवानी सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने प्रावधान सरकारले कार्यान्वयन गर्ने भएको छ । 

ढुवानी व्यवसायीका तर्फबाट पेश भएका माग तथा सुझावका सम्बन्धमा छलफल भएबमोजिम भ्याट कार्यान्वयनका निम्ति आन्तरिक राजश्व विभागका उपमहानिर्देशकको संयोजकत्वमा कार्यविधि तर्जुमा कार्यदल गठन गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

ढुवानी सेवाको भ्याटसम्बन्धी कार्यविधि तर्जुमा कार्यदलमा आन्तरिक राजश्व विभाग, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ र ढुवानी व्यवसायी महासङ्घ नेपालका प्रतिनिधि रहने उक्त मन्त्रालयले बताएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.