चित्तलको छाला र मासुसहित पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 16 July 2019

चित्तलको छाला र मासुसहित पक्राउ

बर्दिया, ३१ असार : बारबर्दिया नगरपालिका–१० लम्कीफाँटाबाट एक जना चित्तलको छाला र मासुसहित पक्राउ परेका छन् । एक थान चित्तलको छाला र १० किलो मासुसहित ४३ वर्षीय श्यामलाल थारू पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय मोतिपुर र सशस्त्र प्रहरी बेस क्याम्प कतर्नियाबाट खटिएको टोलीले थारूलाई पक्राउ गरेको प्रहरी निरीक्षक मदन ठाकुरले जानकारी दिनुभयो । उनलाई आवश्यक कानूनी कारवाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई बुझाइएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.