आगलागीमा छ लाखको क्षति - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 July 2019

आगलागीमा छ लाखको क्षति

लहान, ७ साउन : विद्युत् चुहिएर सिरहाको भगवानपुर गाउँपालिका–१ सुमेरियामा आगलागी हुँदा करीब रु छ लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय लालबाबु यादवको घरमा अचानक विद्युत् सर्ट भई आगलागी हुँदा यादवसहित छिमेकी मलारी यादवको चार घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका सम्पूर्ण सामान जलेर हुँदा करीब रु छ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएको स्थानीयवासीले बताएका छन् ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.