फ्रान्सले प्रत्येक हवाई टिकटमा १८ युरो कर लिने - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 10 July 2019

फ्रान्सले प्रत्येक हवाई टिकटमा १८ युरो कर लिने

पेरिस, २५ असार : फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटबापत १८ युरो (२० अमेरिकी डलर) सम्म कर लिने घोषणा गरेको छ ।

फ्रान्सेली यातायात मन्त्री एलिजाबेथ बोर्नले यस्तो रकमलाई कम प्रदूषणयुक्त यातायात प्रणालीका परियोजनामा खर्च गरिने बताउनुभयो । 


आगामी सन् २०२० देखि प्रयोगमा ल्याइने यस योजना अन्तर्गत आन्तरिक उडान र युरोपभित्रमा इकोनोमी श्रेणीका टिकटमा १.५ युरो तथा युरोपबाहिर उडान भर्ने बिजनेस श्रेणीका यात्रुमाथि सबैभन्दा बढी कर लिइनेछ, मन्त्री बोर्नले उल्लेख गर्नुभयो ।(रासस/एएफपी) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.