काठमाडौँ : हाँस्य कलाकार हरिवंश आचार्यले ‘बूढो हुन मन छैन’ गीत सार्वजनिक गरेका छन् । महसञ्चारको युट्यूब च्यानलबाट सार्वजनिक भएको गीतमा स्वर तथा अभिनय हरिवंशकै छ ।
आचार्यले बुढेसकालमा हुने समस्यालाई शब्दमा उतारेर गीत बनाएका हुन् । बुढेसकालमा मनमा उत्पन्न हुने भावलाई गीतमार्फत चित्रण गरिएको छ ।
गीतलाई सुदन केसीले निर्देशन गरेका छन् ।
हेर्नुहोस् भिडियो :
No comments:
Post a Comment