डेङ्गुबाट धरानमा एकको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Saturday, 13 July 2019

डेङ्गुबाट धरानमा एकको मृत्यु

धरान, २८ असार : डेङ्गु (लामखुट्टेको टोकाइबाट लाग्ने रोग) बाट धरानमा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा गम्भीर अवस्थामा उपचारकालागि आइपुगेका धरान उपमहानगरपालिका १५ की मनु सुनुबारको मृत्यु भएको हो । मृत्यु भएका सुनुबारको रगतमा डेङ्गु देखापरेको प्रतिष्ठनका डा. विकास साहले जानकारी दिनुभएको छ  ।

सुनुबारलाई आकस्मिक कक्षमा उपचार सम्भव नभएका कारण आइ सि यूमा उपचार गर्ने क्रममा उनको मृत्यु भएका साहले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.