धरान, २९ असार : सप्तकोशी नदीमा पानीको स्तर उच्च भई पुललाई नै खतरा भए पछि कोशी व्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको छ ।
शनिबार राती १० बजे नेपाल पक्षको अनुरोधमा भारतले सबै ढोका खुल्ला गरेको भण्डाटावारीस्थित सशस्त्र प्रहरी वलका इन्स्पेक्टर सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
राती ९ बजेको मापन अनुसार पानीको वहाव ३ लाख ७१ हजार एक सय १० क्यूसेक पुगेको छ । पानी निरनतर परिरहेकाले कोशीको जलस्तर बढ्दोक्रममा रहेको उहाँले बताउनुभयो ।
कोशीको पानीको वहाव मापनको कन्ट्रोल भारतको हातमा रहेको छ । बढि ढोका खोल्दा विहारका जिल्ला ढुवानमा पर्ने भन्दैं भारतले विगत बर्षहरुमा सबै ढोका खोल्न मान्दैंन थियो । ५६ वटै ढोका खोल्न भारत तयार भएको पहिलो पटक हो ।

No comments:
Post a Comment