परीक्षा दिएर घर जाँदै गरेका तीन किशोरीलाई खोलाले बगायो - pharaksandesh.com

मुख्य समाचार


Saturday, 13 July 2019

परीक्षा दिएर घर जाँदै गरेका तीन किशोरीलाई खोलाले बगायो

इलाम, २८ असार : इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका–६ गोतामे माविमा शुक्रबार परीक्षा सकेर शनिवार घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको हो । माई नगरपालिका–६ बरधरे भन्ने स्थानबाट माइखोला तरेर घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको भण्डारीले जानकारी दिनुभयो ।

उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय इलाम र चिसापानी प्रहरी चौकीबाट प्रहरी खटाइएको बताइएको छ । निरन्तरको पानीका कारण उद्धार कार्यमा समस्या भएको उनले बताए । खोलाले बगाएर शुक्रबार इलाम चुलाचुली गाउँपालिकाका अञ्चल लावतीको मृत्यु भएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.