आफैँलाई करेन्ट लगाएर पति-पत्नीले गरे आत्महत्या - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

आफैँलाई करेन्ट लगाएर पति-पत्नीले गरे आत्महत्या

जनकपुर, १ साउन : जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थामा आफैँलाई करेन्ट लगाएर पति पत्नीले आत्महत्या गरेका छन् । करिब २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले अंगालो मारेर आत्महत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएकाे छ । 

घरको कोठामा चुकुल लागेको र पति पत्नी दुवैको खुट्टामा नांगो तार बेरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

शवलाई अहिले पोस्टमार्टमका लागि जनकपुर अस्पतालमा राखिएको छ । घटना गम्भीर प्रकृतिको देखिएकोले अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । 

महासेठ दम्पत्तिको गत बैशाख ६ गते सामाजिक परम्पराअनुसार विवाह गरेका थिए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.