छ दिनदेखि युवक बेपत्ता - pharaksandesh.com

मुख्य समाचार


Monday, 8 July 2019

छ दिनदेखि युवक बेपत्ता

लमही, २३ असार : दाङका एक युवा छ दिनदेखि बेपत्ता छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ हाडिमेका १६ वर्षीय राजेन्द्र चौधरी यही असार १८ गतेदेखि हराएकामा अझैसम्म सम्पर्कमा नआएको स्थानीयवासी चन्द्र पुनले बताउनुभयो । 

असार १८ गते साँझ चमाइ खोलाको वनकट्टी बाँधमा खेल्न गएका बेला त्यहाँ पालिएका हाँसलाई उनले जिस्क्याएका थिए । हाँस धनीले हप्काएपछि त्यसपछि त्यहाँबाट भागेका उनको कुनै पत्तो नलागेको उहाँको भनाइ थियो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.