सर्पदंशबाट बालिकाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Monday, 8 July 2019

सर्पदंशबाट बालिकाको मृत्यु

भद्रपुर, २३ असार : झापा गाउँपालिका–६ स्थित मदरगाछमा विषालु सर्पको टोकाइले सात वर्षीया बालिकाको मृत्यु भएको छ । 

वैधनाथ गोसाइँकी छोरी निरुतालाई आइतबार राति २ बजे सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाएलगत्तै उनलाई कनकाई नगरपालिकास्थित कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो । 

बालिकाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा तीन सर्पदंश उपचार केन्द्र रहेका छन् ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.