नगर प्रमुखद्वारा आफ्नै घरको परिसरमा डोजर - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 9 July 2019

नगर प्रमुखद्वारा आफ्नै घरको परिसरमा डोजर

धरान, २४ असार :  इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काउनुभएको छ । वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उहाँको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि आज आफँै उपस्थित भएर पर्खाल भत्काउन लगाउनुभएको हो । 

प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाउनुभएको थियो । उहाँले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लाग्नुभएको हो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.